काठमाडौं । ललितपुरको फुल्चोकी क्षेत्रमा भ्रमणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्दो छन् । तर साथैमा घुम्न जानेहरुले बाटो भुलेर हराउने तथा सम्पर्कविहीन हुने घटनाहरु समेत घटिरहेका छन् ।
धेरै जसो व्यक्तिहरु बाटो भुलेर हराउने र प्रहरीले खोजतलास गरी उद्धार गर्ने गरेको पाइन्छ ।
समस्याहरु दोहोरिन थालेपछि उक्त क्षेत्रमा भ्रमण गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले त्यसरी घुम्न जानेहरुलाई सावधानी अपनाउन आग्रह गरेको हो । उक्त क्षेत्र घना जंगल, अपरिचित बाटो तथा मौसम अचानक परिवर्तन हुने जोखिम भएकाले स्कुल, कलेजका विद्यार्थी र सर्वसाधारणलाई सावधानी अपनाउन भनिएको हो ।
उक्त क्षेत्रमा समूह वा गाइडसँग मात्र भ्रमण गर्न, आफ्नो परिवार वा साथीलाई जानकारी दिएर जान, अपरिचित बाटो प्रयोग नगर्न, मोबाइल चार्ज (मोबाइल चार्ज गरेर मात्रै जान ताकि बाटो बिराएमा सम्पर्कमा सहज होस्) गरेर जान समेत भनिएको छ । यसैगरी बेलुकी पख तथा खराब मौसममा जंगल प्रवेश नगर्न समेत भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया