परराष्ट्रमन्त्री शिशिर खनाल र भाजपा विदेश विभाग प्रमुखबिच भेटवार्ता

लोकपथ
56
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेसँग भेटवार्ता गरेका छन् । उनले आज दिल्लीमा चौथाईवालेसँग भेट गरेका हुन् ।

भेटमा नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राजनीतिक दल–स्तरको सम्बन्ध विस्तार गर्ने र जनस्तरमा आपसी सम्पर्क बढाउने विषयमा पनि कुराकानी भएको थियो ।

हिजो दिल्ली पुगेका मन्त्री खनालले यसअघि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?