काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङबाट छ, झापाबाट पाँच, बाँकेबाट तीन, सुनसरी, बारा, चितवन, बागलुङ, सिरहा, मोरङ र कैलालीबाट दुईरदुई तथा रसुवा, काठमाडौँ र सप्तरीबाट एकरएक जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्पेन र ट्रामाडोल, डाइजेपाम, नोर्फिन, फेनारगन र प्रोमेथ बरादम गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया