प्राइभेट भिल्ला पार्टी (18+) भन्दै ठगी, पैसा अनुसार केटीको मूल्य तोक्ने युवक पक्राउ

लोकपथ
119
Shares

काठमाडौं । १८ वर्षभन्दा माथिका युवायुतवीलाई पार्टी गराउने नाममा ठगी गर्ने एक भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको ओडिसा केन्द्रापारा पटामदेही घर भइ हाल काठमाडौंको झोछेँ बस्दै आएका १९ वर्षीय सुभम मोहन्ती रहेका छन् ।

मोहन्तीले गठी गर्नकै लागि नेपाल सर्भिस () नामक फेसबुक पेज बनाएका थिए । उक्त पेजमार्फत् उनले विभिन्न मनोरन्जनात्मक पोस्टर तथा एआई भिडियोहरु समेत राख्ने गरेको पाइएको छ ।

उनले ह्वाट्स एपमार्फत् प्राइभेट भिल्ला पार्टीमा पैसा अनुसारको केटी र मादक पदार्थको अफर गरिएको म्यासेजहरु ह्वाट्स एपमा गर्ने गरेका थिए ।

उनले लाईभ डिजेसहित प्रत्येक गेस्टका लागि प्राइभेट रुमको समेत व्यवस्था रहेको भन्दै म्यासेजहरु पठाउने गरेका थिए ।

पीडितहरुको उजुरीको आधारमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले जेठ २० गते पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा थप अनुसन्धानका लागि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?