काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का नेपालतर्फका संयोजक डा. भेषबहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाएका छन् ।
उमेर र स्वास्थ्य अवस्थाका कारण उनले परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा परराष्ट्र सचिव अमृतबहादुर राईलाई साँचो हस्तान्तरण गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले केही सञ्चारमाध्यममा आएजस्तो ईपीजी प्रतिवेदन नै बुझाइएको नभएको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार प्रतिवेदन होइन, प्रतिवेदन राखिएको दराजको साँचो मात्रै बुझाइएको हो ।
नेपाल र भारतबीचका विभिन्न विषय तथा समस्याबारे अध्ययन गरेर सुझाव दिन दुवै देशले संयुक्त रूपमा ईपीजी गठन गरेका थिए । सन् २०१६ मा गठन भएको समूहले दुई वर्ष अध्ययनपछि आफ्नो प्रतिवेदन तयार गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया