यी हुन् तुल्सी अधिकारीलाई थुनामा पठाउन अदालतले टेकेका आधारहरु [पूर्णपाठ]

लोकपथ
231
Shares

काठमाडौं । जिल्ला अदालत ललितपुरले टिकटकर एवं ‘तुल्सा कलेक्सन’ की सञ्चालक तुल्सी अधिकारीलाई थुनामा पठाउन आदेश दिएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो ।

सम्पूर्ण बहस सकिएपछि सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी सम्बन्धी मुद्दामा पक्राउ परेकी तुल्सीलाई थुनामा पठाउने आदेश आएको हो ।

उनलाई थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति काठमाडौं ल्याइएको थियो ।

सातदोबाटोस्थित हाम्रो अटोमोबाइल्सका सञ्चालक कुमार चिमोरियाले २०८२ साउन २४ गते अधिकारीले ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । जाहेरीपछि उनी फरार रहेको अवस्थामा पक्राउ परेकी हुन् ।

यी हुन् तुल्सीलाई थुनामा पठाउन अदालतले टेकेका आधारहरु :

उपर्युक्त तत्काल प्राप्त प्रमाणको विश्लेषण गर्दा जाहेरवाला कुमार चिमोरियाको जाहेरी व्यहोरा, निजले पेस गरेको थप विवरणसहितको निवेदन व्यहोरा, बुझिएका बिना कुमारी चिमोरिया, नवराज आचार्य, रुद्र प्रसाद आचार्य, हेमराज रसाईली समेतले गरिदिएको मौकाको कागज व्यहोरा, प्रहरीको प्रतिवेदन व्यहोरा, प्रतिवादीले अदालत समक्षको बयानमा जाहेरवालासँग सम्बन्ध रहेको स्वीकार गरेको अवस्था, तुल्सा कलेक्सन प्रालिको सम्बन्धित निकायमा पेस गरेको भनिएको आयव्यय विवरणमा घटी कारोबार देखाउनुमा आफ्नो कमजोरी रहेको भनी प्रतिवादीले बयानमा उल्लेख गरेको अवस्था, उक्त कम्पनीको बैंक खाताको कारोबार रकम तथा प्रतिवादीको बैंक खातामाको कारोबार रकम, घरजग्गा सुनको विवरणलाई प्रतिवादीले आफ्नो भनी उल्लेख गरेको अवस्था, घटना विवरणका नितु गुप्ताको कागज व्यहोरा समेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणको आधारमा हाल यी प्रतिवादी कसूरदार होइन् रहेछन् भन्न मिलेन । अतः पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादीलाई हुनसक्ने सजाय समेत दृष्ट्रिगत गर्दा निज प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) बमोजिम थुनामा राख्न, ऐ.दफा ८० बमोजिम थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा थुनामा राख्न पठाइदिनू भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७९ बमोजिम यो आदेश जारी गरिएको छ ।

आदेशको पूर्णपाठ पढ्नुहोस् :

यसअघि प्रकाशित यी समाचारहरु हेर्नुहोस् :

तुल्सी अधिकारीले ६ करोड ५२ लाख रुपैयाँ आपराधिक लाभ लिएको कसुरमा मुद्दा दायर

तुल्सी अधिकारीको भैँसेपाटीमा ४ करोड बढीको घर : छोरी र आफ्नो नाममा करोड बैंक ब्यालेन्स

तुल्सीले भनिन्, ‘अन्तरंग फोटो र भिडियो खिचेको हो, नेपाल आएर प्रहरीमा सरेन्डर गर्छु’

तुल्सी अधिकारीको हनी ट्र्याप प्रकरण: कांग्रेस नेतृ लक्ष्मी खतिवडामाथि पनि मुद्दा दायर गरिने

तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुँदै

टिकटकर तुल्सी अधिकारी थाइल्याण्डबाट पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?