तुल्सी अधिकारीलाई थुनामा पठाउन आदेश [आदेशसहित]

लोकपथ
0
Shares

काठमाडौं । ललितपुर जिल्ला अदालतले ‘तुलसा कलेक्सन’ सञ्चालन गर्दै आएकी तुल्सी अधिकारीलाई थुनामा पठाउने आदेश दिएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो ।

बिहीबार सरकारी पक्षको जवाफी बहस र प्रतिवादीतर्फका कानुन व्यवसायीको बहसपछि थुनछेक बहस भएको थियो ।

सम्पूर्ण बहस सकिएपछि सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी सम्बन्धी मुद्दामा पक्राउ परेकी तुल्सालाई थुनामा पठाउने आदेश आएको हो ।

उनलाई थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति काठमाडौं ल्याइएको थियो ।

सातदोबाटोस्थित हाम्रो अटोमोबाइल्सका सञ्चालक कुमार चिमोरियाले २०८२ साउन २४ गते अधिकारीले ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । जाहेरीपछि उनी फरार रहेको अवस्थामा पक्राउ परेकी हुन् ।

यस मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन् ।

उनीमाथि प्रहरीले अनुसन्धान थालेपछि भागेर चीन पुगेकी उनी केही समयदेखि थाइल्याण्डमा रहँदै आएकी थिइन् । तुल्सालाई रेड कर्नर नोटिस जारी गरेर पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?