उदयपुर । ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतामाई गाउँपालिका–२ करमकुसे बस्ने ५५ वर्षीय बाल कुमार खड्का रहेका छन् ।
बाल कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया