७० बोरा अवैध फर्सीको बिउसहित १ जना पक्राउ

लोकपथ
70
Shares

काठमाडौं । ठूलो मात्राको अवैध फर्सीको बिउसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका वडा–२ बस्ने हरिदेव दास रहेका छन् ।

उनको घरमा अवैध रुपमा नेपालबाट भारत तर्फ लैजानको लागी फर्सीको बिउको बोराहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरीले सोमबार साँझ उनको घरमा खोजतलासि गर्दा घरको प्यासेजमा लुकाई राखेको ७० बोरा फर्सिको बिउ बरामद गरेको छ ।

उनलाई आज थप कारवाहीको लागी भन्सार कार्यालय माडर सिरहामा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?