१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

लोकपथ
0
Shares

काठमाडौं । विपक्षीहरुको विरोधपछि १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आइतबार सीमा सम्बन्धी दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै विपक्षी दलहरुले विरोध जनाएका हुन् ।

सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले सभाको कामकारबाही सहज बनाउन आग्रह गरेका थिए । तर विपक्षी दलहरुले प्रधानमन्त्रीले रोष्ट्रममा आएर जवाफ दिनुपर्ने, प्रधानमन्त्रीको उक्त भनाइ रोष्ट्रमबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने लगायतका मागहरु राखेर विरोध जनाए । त्यसपछि १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।

बालेनको उक्त अभिव्यक्तिले राष्ट्रिय सभा बैठक समेत स्थगित भएको थियो । राष्ट्रिय सभामा समेत बालेनको अभिव्यक्तिका कारण सांसदहरुले विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?