काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले विरोधलाई कायमै राखेका छन् ।
आइतबार साँझ विपक्षी दलहरुले विरोध जनाएपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । तर पुनः बैठक सुरु भएसँगै विपक्षीहरुले वेल घेराउ गरेका हुन् । सो क्रममा दोस्रो बैठकमा सभामुख आफ्नो आशनमा आउँदा विपक्षी दलका सांसदहरुको ठेलाठेलले संसदका मर्यादा पालकहरुलाई सभामुख डोलप्रसाद अर्याललाई जोगाउनै हम्मेहम्मे परेको थियो ।
सभामुख अर्यालले विपक्षी दलका सांसदहरुलाई संयमित भएर संसद चलाउने वातावरण बनाउन आग्रह गरे । तर विपक्षी दलका सांसदहरुले विरोध जनाएपछि अहिले संसदमा विरोध भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया