एमाले संसदीय दलको बैठकमा बजेटबारे छलफल जारी

लोकपथ
0
Shares

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।

शनिबार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटका विषयमा केन्द्रित रहेर छलफल भइरहेको हो ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमका विषयमा सांसदहरूबीच विचार–विमर्श भएको छ ।

बैठकमा बजेटसँग जनसरोकारका विषयलाई कसरी जोड्ने भन्ने सम्बन्धमा सांसदहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?