काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब २१ प्रतिबसम्म वृद्धि गरेको घोषणा गरेका हुन् ।
उनका अनुसार सरकारी कर्मचारीको तलब ग्रेडवृद्धिसहित न्यूनतम ४० हजारदेखि १ लाखसम्म बनाइने बताए ।
‘कर्मचारीले हाल प्राप्त गरेको महंगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु । कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु् । यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भइ ग्रेडसहित न्यूनतम पारिश्रमिक ४० हजारदेखि एक लाखमाथि कायम हुनेछ,’ उनले भने ।
नयाँ तलब स्केल आगामी साउन १ गतेदेखि लागू हुने अर्थमन्त्री वाग्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया