राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिन सरकारले बहस चलाउने

लोकपथ
35
Shares

काठमाडौं । सरकारले राजनीतिक दलहरुलाई अघिल्लो निर्वाचनमा प्राप्त मतका आधारमा राज्यकोषबाट अनुदानका लागि बहस चलाउने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिनेबारे बहस चलाउने घोषणा गरे ।

‘राजनीतिक दलहरुलाई उनीहरूले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेवारे व्यापक बहस गराइनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘त्यसरी परिचालित रकमको महालेखा परीक्षकले लेखापरीक्षण गरिनेछ ।’

त्यसो त लामो समयदेखि राजनीतिक दलहरुलाई राज्यकोषबाट अनुदान दिनेबारे चर्चा चलिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?