उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति

लोकपथ
0
Shares

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टी बीच औपचारिक रूपमा एकता भएको छ । एकता सहमति शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा घोषणा गरिएको हो ।

कार्यक्रममा अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई उज्यालो नेपाल पार्टीमा स्वागत गर्दै दुई दलबीच एकता प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको जानकारी दिए ।

घिसिङले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न दलहरूसँग एकता प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार यसअघि नै पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ ।

उनले अहिले अन्य धेरै राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरू पनि पार्टीमा समाहित हुने क्रममा रहेको उल्लेख गरे ।

कार्यक्रममा घिसिङले भने, ‘उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पको रूपमा स्थापित हुनेछ। आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ ।

एकता प्रक्रियामा सहभागीहरूलाई बधाई दिँदै उनले पार्टीको भावी योजना र सहमतिका विस्तृत विषयबारे दुवै पार्टीका महासचिवहरूले थप स्पष्ट पार्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?