एकैदिन ५६ सयले बढ्यो सुन, चाँदी पनि बढ्यो 

लोकपथ
161
Shares

काठकाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ८५ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ हजार ६ सयले बढेर  २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

 त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघमा अनुसार आज चाँदी प्रतितोला १७५ रुपैयाँले बढेको हो । 

हिजो बिहीबार ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज  १७५ रुपैयाँले बढेर   ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?