काठमाडौं । ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शुक्रबार राजधानीमा प्रभातफेरी गरिएको छ ।
सगरमाथा दिवसको उपलक्ष्यमा शुक्रबार बिहान काठमाडौंमा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
सगरमाथा आरोहणको ऐतिहासिक गौरवलाई स्मरण गर्दै आयोजित उक्त कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले एक–अर्कामा शुभकामना आदानप्रदान गर्दै सगरमाथाको महत्व र यसले नेपालको पहिचानमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया