एकैदिन ५५ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो 

लोकपथ
0
Shares

काठमाडौं।  नेपालमा बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको हो ।

 अघिल्लो दिन २ लाख ९० हजार ५ सय  रुपैयाँमा कारोबार भएको सुन आज ५ हजार ५ सयले घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २ सय १५ रुपैयाँले घटेको  हो ।

हिजो बुधबार ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २१५ रुपैयाँले घटेर  ४ हजार ८सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?