काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।
शुक्रबार (आज) भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् ।
महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरे ।
उनका प्रतिष्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गरे ।
त्यसैगरी, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भए ।
प्रधानले ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया