बकर इदका दिन देशभर सार्वजनिक बिदा हुने गृह मन्त्रालयको घोषणा

लोकपथ
0
Shares

काठमाडौं । सरकारले जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।

इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व बकर इद (इद-उल-अजहा) का अवसरमा उक्त बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बकर इद यही जेठ १४ गते पर्ने भएकाले सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो ।

बकर इद इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्वमध्ये एक हो, जसलाई बलिदान पर्वका रूपमा समेत मनाइन्छ । यस दिन मुस्लिम समुदायले विशेष प्रार्थना, भेटघाट तथा धार्मिक अनुष्ठानहरू गर्ने परम्परा रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?