बढ्यो सुनचाँदीको मूल्य

लोकपथ
133
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको हो । सोमबार ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर ५ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?