काठमाडौं । अर्घाखाँचीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
पर्वतबाट सुपा देउराली मन्दिर दर्शन गरी फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको रिजर्भ बस अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेको थियो ।
प्रहरीका अनुसार उक्त बसमा करिब ३० जना सवार रहेका थिए । घटनाको जानकारी पाउनासाथ स्थानीय र प्रहरी टोली उद्धारमा खटिएका थिए ।
घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिले घाइतेहरूको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया