काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख २ हजार ९ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५५ रुपैयाँले बढेर ५ हजार ६९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया