पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गरिने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान थप गर्नका लागि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुसँग कूटनीतिक पहल गर्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उल्लेख गरेर दुई विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षण गर्ने जनाएको हो ।

‘गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ।

यसैगरी अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरुलाई एकीकृत गर्ने एकद्वार डिजिटल प्रणाली लागू गर्ने समेत सरकारको तयारी रहेको छ ।

‘अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरुलाई एकीकृत गर्ने एकद्वार डिजिटल पर्यटन प्रणाली लागू गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?