आज सामान्य घट्यो सुन, चाँदी भने बढ्यो

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघमा अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले गिरावट आएको हो । 

अघिल्लो दिन २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँले  घटेको हो । 

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । आइतबार  ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?