काठमाडौं । पतिको हस्ताक्षर किर्ते गरेर ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पीडितकी श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखराको ढुंगेपाटनका ५२ वर्षीय मोहनबहादुर शाहीकी पत्नी ४४ वर्षीया वन्ती शाही र सुर्खेतको बुद्धचोक घर भएका ४४ वर्षीय भद्र थापा छन् ।
उनीहरूले मोहनबहादुरको नाममा रहेको पोखरा महानगरपालिका–३० को कित्ता नम्बर २४४४ र २४४७ नम्बरको जग्गा सिद्धार्थ बैंकमा राखी ५० लाख रुपैयाँ कर्जा लिएर ठगी गरेको जनाइएको छ । बैंकमा जग्गा राख्न उनीहरूले मोहनबहादुरको किर्ते हस्ताक्षर गरेका थिए ।
कास्कीका डीएसपी हरि बस्नेतले पक्राउ परेकाहरुविरुद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया