घट्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३८ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३८ सयले घटेर २ लाख ९१ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५० रुपैयाँले घटेको हो । हिजो सोमबार ५ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १५० रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?