सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह

लोकपथ
0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् ।

गृह मन्त्रालयमा आज बिहान आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । 

१८ वैशाखबाट तत्कालीन आईजीपी राजु अर्याल अवकाशमा गएको भएपनि सार्वजनिक बिदाका कारण पौडेलले आज मात्र दर्ज्यानी चिह्न पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?