एकैदिन ३४ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

लोकपथ
0
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन २ लाख ९२ हजार  ७  सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३४ सयले बढेर २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

 त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी १३५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ४ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज १३५ रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?