घट्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ हजारले घटेर २ लाख ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । अघिल्लो दिन ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?