काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा नेपालले ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानका कप्तान जतिन्दर सिंहले टस जित्दै पहिले ब्याटिङ रोजेका हुन् ।
नेपाल आजको खेलमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । यसअघि नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो ।
हाल लिगमा २१ खेल खेलेको नेपाल १२ अंकसहित सातौं स्थानमा रहेको छ ।
ओमान पनि आज पहिलो जितको खोजीमा छ। उसले आफ्नो पहिलो खेलमा यूएईसँग २५ रनले पराजय व्यहोरेको थियो। २५ खेलबाट २९ अंक जोड्दै ओमान तालिकाको तेस्रो स्थानमा छ ।
यो खेल दुवै टोलीका लागि अंकतालिकामा आफ्नो स्थिति सुधार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया