काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेस गर्न र गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
यसअघि काठमाडौं जिल्ला अदालतले गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । उनलाई सीआईबीले बिहीबार नियन्त्रणमा लिएको थियो ।
सीआईबीका अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक प्रतिवेदनमा गोल्छाको नाम आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया