सशस्त्रका ६ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, उप्रेती र कार्कीलाई न्याय

लोकपथ
0
Shares

काठमाडौं । गृह मन्त्रालय बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । 

समितिले एसएसपीहरु दिगविजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्कीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । 

बढुवा सिफारिसमा परेकामध्ये कँडेल प्रहरीबाट आएका हुन् भने अन्य ५ जना सशस्त्र प्रहरीको सिसं २ बेसिकका हुन् । 

सिफारिसमा परेका ६ जनामध्ये उप्रेती र कार्कीलाई यसअघि एसपी बढुवामा चरम अन्याय भएको थियो । कँडेलबाहेक सबै जना सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । 

.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?