लागु औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

लोकपथ
56
Shares

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित १२ जनालाई पक्राउ गरेको छ । 

प्रहरीका  अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २० वर्षीय अरुण चौधरीलाई पक्राउ गरिएको हो । 

यसैगरी, काठमाडौं महानगरपालिका–१६ माछा पोखरीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने  विभिन्न औषधिसहित सोही स्थानका ४७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरिएको छ । 

 मोरङको उर्लाबारी नगरपालिका–९ का बलबहादुर श्रेष्ठलाई निजकै घरबाट, कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित डिएन रुद्र प्लाजा होटेलबाट चार जना, धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का मुक्त कमैया टोलबाट दुई र टीकापुर नगरपालिका–१ बाट  दुई जनालाई खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको छ । 

उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट २७ किलोग्राम गाँजासहित सोही नगरपालिका–८ माजटोलका २५ वर्षीय अशोक राईलाई पक्राउ गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?