काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १८ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी ११० रुपैयाँले घटेको हो । अघिल्लो दिन ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया