काठमाडौं । देशमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा मौसम मिश्रित देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले हिमाली भूभागमा सामान्य बदली रहेको छ भने कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली छ। अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। साथै, यी प्रदेशका पहाडी भूभाग र कर्णाली प्रदेशका केही भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । उता मधेससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा गर्मी बढ्ने देखिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति भने कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश भूभागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया