धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

लोकपथ
21
Shares

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि समिति गठन गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेको बैठकपछि बोल्दै सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन,’ उनले भने ।

केही दिनअघि धितोपत्र बोर्डको अध्यक्षबाट सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका थिए । त्यससँगै सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया थालेको हो ।

त्यसो त सरकारले योसहित अन्य ५ निर्णयहरु समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?