काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १६ सय रुपैयाँले बढेर ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो । हिजो सोमबार ५ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया