काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको छ ।
महासंघले सोमबारका लागि सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । हिजो आइतबार ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
एक साताअघि सोमबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ हजार १९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ थियो । गत सोमबार चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया