घट्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो ?

लोकपथ
203
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  ३ हजार रुपैयाँले घटेको हो । 

अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजारले घटेर २ लाख ९९ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १२० रुपैयाँले घटेको हो ।  हिजो  ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज १२० रुपैयाँले घटेर ५ हजार  १३० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?