काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा अहिले सुनुवाइ भइरहेको हो ।
गत पुसको अन्तिम साता सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । त्यसलाई निर्वाचन आयोगले समेत आधिकारिकता दिएसँगै कांग्रेसको शेरबहादुर देउवा समूह अदालत पुगेको थियो ।
देउवा समूहले विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमिति अवैधानिक रहेको दाबी गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया