पर्सा–२ का उम्मेदवार मनोज चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला, चौधरीसहित चार जना पक्राउ

लोकपथ
224
Shares

वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पर्सा क्षेत्र नम्बर-२ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर जाँच गर्दा उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो । 

गाडीबाट केही शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । घटनापछि सो क्षेत्रलाई घेराबन्दी गरी थप अनुसन्धान अघि बढाइएको छ । यसबारे विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने तयारी गरिएको छ ।

यसैबीच, मौन अवधिका बेला जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालका सिरहा क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन् । नगदसहित पक्राउ परेका यादवमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

निर्वाचनको संघारमा उम्मेदवार नै पक्राउ पर्ने घटनाले सुरक्षा निकायको सक्रियता र चुनावी आचारसंहिताको कार्यान्वयनबारे थप चासो बढाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?