काठमाडौं । परराष्ट्र मन्त्रालयले विभिन्न देशमा जान लागेका ट्रान्जिटमा रहेका नेपाली यात्रुहरु सुरक्षित रहेको स्पष्ट पारेको छ ।
मध्यपूर्वी देशहरुमा भएको तनावका कारण धेरै नेपाली यात्रुहरु ट्रान्जिटमा रहेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी दिएका हुन् । उनका अनुसार खाडीमा रहेका विभिन्न १० वटा नेपाली कूटनीतिक नियोगमार्फत् नेपालीहरुबारे जानकारी लिइरहेको र सबै सुरक्षित रहेका छन् । उनीहरुलाई सम्बन्धित देशमा नै होटलमा बस्ने व्यवस्था मिलाइएको छ । साथै अन्तराष्ट्रिय उडान सुचारु नहुन्जेलसम्मका लागि जहाँ हो त्यहीँ राख्ने प्रवक्ता क्षेत्रीले बताए ।
त्यसो त यसअघि नै ट्रान्जिटमा रहेका नेपालीहरुको व्यवस्थापन भएको मन्त्रालयले जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया