काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेको जनाउँदै अनावश्यक भण्डारण नगर्न आमसर्वसाधारणमा आग्रह गरेको छ ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत नियमित रूपमा आयात भइरहेकाले अभावको हल्लामा नपर्न अनुरोध गरेका छन् । उनले आसन्न निर्वाचन अवधिभर पनि इन्धन आपूर्ति सहज र नियमित रहने स्पष्ट पारे ।
सोमबार जारी सूचनामा उनले भनेका छन्, ‘पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत नियमित रूपमा भइरहेको छ र निर्वाचन अवधिमा पनि पर्याप्त मात्रामा आयात जारी रहनेछ ।
निगमले अनावश्यक रूपमा जेरी क्यान तथा ड्रममा पेट्रोलियम पदार्थ भण्डारण गर्दा आगजनीजन्य दुर्घटनाको जोखिम बढ्ने उल्लेख गर्दै त्यस्ता भाँडामा इन्धन भर्न निषेध गरिएको जनाएको छ ।
सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न उपभोक्तालाई आग्रह गर्दै निगमले हल्ला र भ्रममा नपर्न पनि अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया