पपुलिजमले राष्ट्र निर्माण गर्दैन, हामी भिजन र योजनासहित आएका छौँ : सचिन तिमल्सिना

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) बाट देश नबन्ने दाबी गरेका छन् । उनले स्पष्ट वैचारिक र आर्थिक योजनासहित कांग्रेस चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित चुनावी कार्यक्रममा बोल्दै तिमल्सिनाले आफू केवल ‘शक्ति’ प्राप्तिका लागि नभई ‘सेयर्ड एस्पायर्ड फ्युचर’ अर्थात् साझा भविष्यको सपना निर्माणका लागि राजनीतिमा आएको स्पष्ट पारे । उनले नेपाली कांग्रेसले युवालाई अवसर दिएको उल्लेख गर्दै पार्टीसँग समुन्नत नेपाल निर्माणको ठोस योजना रहेको दाबी गरे ।

तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूको विचार र कांग्रेसको लेगेसीले आफूलाई यो आँट दिएको बताए । बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै उनले सामाजिक सञ्जालमा आलोचना आउँछ भनेर नेतृत्व डराउनु नहुने धारणा राखे ।

उनले नीति निर्माण जटिल प्रक्रिया भएको उल्लेख गर्दै त्यसका सूक्ष्म पक्षबारे गहिरो छलफल र संवाद आवश्यक पर्ने बताए । पपुलिज्मले ‘वान–लाइन समाधान’ प्रस्तुत गरेर जनतालाई भ्रममा पार्ने प्रवृत्ति विश्वभर देखिएको उनको भनाइ थियो । ‘पपुलिज्मले सत्ता त दिलाउन सक्छ, तर देश निर्माणको दीर्घकालीन प्रक्रियासँग जोडिँदैन, उनले भने ।

काठमाडौं क्षेत्र नम्बर ४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको चर्चा गर्दै तिमल्सिनाले अब आफू त्यसै क्षेत्रबाट ‘दोस्रो अब्बल सांसद’ बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?