रास्वपा छाडेका सर्लाही–४ का दिपक महतोलाई गगनले दिए विशेष जिम्मेवारी

लोकपथ
539
Shares

काठमाडौं । केही समयअघि मात्रै कांग्रेस प्रवेश गरेका सर्लाहीका दिपक महतोलाई नेपाली कांग्रेसले नयाँ जिम्मेवारी दिएको छ ।

सर्लाही क्षेत्र नं ४ का महतो केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर कांग्रेस प्रवेश गरेका थिए ।

कांग्रेस सभापति गगनकुमार थापाले महतोलाई अन्य पार्टीसँग जोडिएका व्यक्तिहरुसँग समन्वय गर्न आग्रह गर्दै विशेष जिम्मेवारी दिएका हुन् ।

‘आसन्न फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तपाईँलाई कांग्रेसको तर्फबाट विभिन्न क्षेत्रमा होमिएका उम्मेदवारहरुसँग आवश्यक सहकार्य र रणनीतिक तरिकाले जिताउनको लागि पहल गराउन, अन्य राजनीतिक खासगरी वैकल्पिक राजनीतिसँग जोडिएका व्यक्ति समूहसँग संवाद गर्न तथा नेपाली कांग्रेसको पक्षमा माहोल निर्माण गर्न यो विशेष जिम्मेवारी प्रदान गरिएको छ,’ जिम्मेवारी दिइएको पत्रमा भनिएको छ, ‘तपाईँको सक्रियता र अग्रसरताले नेपाली कांग्रेसलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यो योगदानको पार्टीले उच्च मूल्यांकन गर्दै भविष्यमा समुचित जिम्मेवारी प्रदान गर्नेछ । यो गुरुत्तर जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’

रास्वपाले सो क्षेत्रमा डा. अमरेश कुमार सिंहलाई टिकट दिएको भन्दै असन्तुष्टि व्यक्ति गरेका थिए । अमरेशलाई टिकट दिइएको भन्दै कांग्रेसको पक्षमा खुलेका कारण उनलाई पार्टीले कारबाही समेत गरेको थियो । साथै उनले केन्द्रमा बालेनलाई माने पनि जिल्लामा अमरेशलाई नमान्ने भन्दै असन्तुष्टि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?