एमाले ११औँ महाधिवेशन : राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता, ओली टिमलाई समर्थन

लोकपथ
889
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । उनले पार्टी नेतृत्वको सल्लाह र सुझाव अनुसार उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरेको बताएका छन् ।

गौतमले भनेका छन्,‘ राष्ट्रिय संकट र विभिन्न चुनौतीका बिच भएको महाधिवेशनमा पार्टीको एकता कायम राख्दै अध्यक्ष केपी शर्मा ओलीको टिमलाई जिताउन आफूले यस्तो निर्णय लिएको हो ।’

उनले अब खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवार भएर मत पाउने विश्वास लिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?