स्वास्थ्यमन्त्री पौडेलको एक वर्ष : ‘निरोगी नेपाल’ अभियानदेखि के-के छन् उपलब्धीहरु ? [पूर्णपाठ]

लोकपथ
91
Shares
फाइल तस्बिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल एक आफ्नो कार्यकालको एक वर्षको उपलब्धी सार्वजनिक गरेका छन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री पौडेलले आफ्नो उपलब्धी सार्वजनिक गरेका हुन् ।

आफ्नो उपलब्धी सार्वजनिक गर्दै मन्त्री पौडेलले ‘निरोगी नेपाल’ अभियान अन्तर्गत आयुर्वेद र प्राकृतिक चिकित्सामा आधारित नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहसम्म विस्तार गरिएको बताए ।

मन्त्री पौडेलले योग, ध्यान, स्वस्थ जीवनशैली प्रवद्र्धनजस्ता कार्यक्रमहरूलाई स्थानीय सरकारसँगको समन्वयमा एकीकृत रूपमा सञ्चालन गरी शारीरिक तन्दुरुस्ती, सकारात्मक सोच र व्यक्तित्व विकासमा जोड दिइएको बताए । जसले गर्दा नसर्ने रोगहरूको रोकथाममा महत्वपूर्ण योगदान पुर्‍याउँदै नागरिकलाई स्वस्थ र सन्तुलित जीवन जिउन प्रेरित गर्ने उनको विश्वास छ ।

त्यस्तै आयुर्वेद, योग तथा परम्परागत चिकित्सा पद्धतिको संरक्षण र विकास गर्ने नीति अनुरूप बुढानिलकण्ठमा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ स्थापना गरी मिति २०८१ चैत्र २२ देखि सेवा प्रारम्भ गरिएको जानकारी दिए । यस केन्द्रले नागरिकलाई आयुर्वेद र योगमा आधारित विशिष्टीकृत पञ्चकर्म सेवा प्रदान गर्नेछ र यस क्षेत्रको अध्ययन–अनुसन्धानका लागि समेत महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्नेछ ।

त्यस्तै जलनको उपचारलाई निःशुल्क गर्न ‘जलनको सघन उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि, २०८१’, क्यान्सर सेवा प्रदेशमा पुर्‍याउन ‘अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि, २०८१’, र डिजिटल स्वास्थ्यको जग बसाल्न ‘विद्युतीय चिकित्सा अभिलेख र दूर चिकित्सा सेवा एकीकृत कार्यविधि, २०८१’ जस्ता रूपान्तरणकारी दस्तावेजहरू जारी गरिएको मन्त्री पौडेलको भनाइ छ ।

उनले भने, ‘मन्त्रालयले आफ्ना नीति तथा कार्यक्रमहरूलाई कानूनी आधार प्रदान गरी व्यवस्थित र प्रभावकारी कार्यान्वयन गर्न दर्जनौं महत्वपूर्ण दस्तावेजहरू जारी गरेको छ । जलनको उपचारलाई निःशुल्क गर्न ‘जलनको सघन उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि, २०८१’, क्यान्सर सेवा प्रदेशमा पुर्‍याउन ‘अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि, २०८१’, र डिजिटल स्वास्थ्यको जग बसाल्न ‘विद्युतीय चिकित्सा अभिलेख र दूर चिकित्सा सेवा एकीकृत कार्यविधि, २०८१’ जस्ता रूपान्तरणकारी दस्तावेजहरू जारी भएका छन् । त्यसैगरी, एचपिभी खोप, विद्यालय स्वास्थ्य, नसर्ने रोग पहिचान, बिरामी प्रेषण, सुर्तीजन्य पदार्थमा चेतावनीमूलक चित्र छाप्ने, आपतकालीन चिकित्सकीय समूह परिचालन जस्ता दर्जनौं कार्यक्रमलाई निर्देशिकामार्फत कानूनी वैधता दिइएको छ जसले सेवा प्रवाहमा एकरूपता, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दै हरेक निर्णयलाई कार्यान्वयनयोग्य बनाउने छ । जनसङख्या व्यवस्थापन र जनसांख्यिक लाभ लिने विषयमा जनसांख्यिकीय अवसरको सदुपयोग गर्न र बढ्दो आन्तरिक तथा वाह्य बसाइँसराइले थपेका चुनौती सम्बोधन गर्न नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०८२ आषाढ २३ गते ‘राष्ट्रिय जनसंख्या नीति, २०८२’ स्वीकृत गरेको छ । यो नीतिले जनसंख्या र विकासबीच तादात्म्यता कायम गरी दिगो विकास हासिल गर्ने, मानव पूँजीको उपयोग बढाउने र ज्येष्ठ नागरिकको ज्ञान, सीपलाई अन्तरपुस्ता सञ्चार गर्ने लक्ष्य लिएको छ। ‘विकास उकालो चढ्ने, मान्छे ओरालो झर्ने’ अवस्थालाई बदल्न यो नीतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । “निरोगी नेपाल” अभियान अन्तर्गत आयुर्वेद र प्राकृतिक चिकित्सामा आधारित नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहसम्म विस्तार गरिएको छ । यस कार्यक्रममार्फत योग, ध्यान, स्वस्थ जीवनशैली प्रवद्र्धनजस्ता कार्यक्रमहरूलाई स्थानीय सरकारसँगको समन्वयमा एकीकृत रूपमा सञ्चालन गरी शारीरिक तन्दुरुस्ती, सकारात्मक सोच र व्यक्तित्व विकासमा जोड दिइएको छ । यसले नसर्ने रोगहरूको रोकथाममा महत्वपूर्ण योगदान पुर्‍याउँदै नागरिकलाई स्वस्थ र सन्तुलित जीवन जिउन प्रेरित गर्नेछ । आयुर्वेद, योग तथा परम्परागत चिकित्सा पद्धतिको संरक्षण र विकास गर्ने नीति अनुरूप बुढानिलकण्ठमा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ स्थापना गरी मिति २०८१ चैत्र २२ देखि सेवा प्रारम्भ गरिएको छ। यस केन्द्रले नागरिकलाई आयुर्वेद र योगमा आधारित विशिष्टीकृत पञ्चकर्म सेवा प्रदान गर्नेछ र यस क्षेत्रको अध्ययन–अनुसन्धानका लागि समेत महत्वपूर्ण केन्द्रको रूपमा विकास हुनेछ ।’

मन्त्री पौडेलले एचपिभी खोप, विद्यालय स्वास्थ्य, नसर्ने रोग पहिचान, बिरामी प्रेषण, सुर्तीजन्य पदार्थमा चेतावनीमूलक चित्र छाप्ने, आपतकालीन चिकित्सकीय समूह परिचालन जस्ता दर्जनौं कार्यक्रमलाई निर्देशिकामार्फत कानूनी वैधता दिइएको बताए ।

नागरिकलाई स्थानीय तहमै गुणस्तरीय, आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको मन्त्री पौडेलको दाबी रहेको छ ।

उनका अनुसार स्थानीय तहमै गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न ५, १० र १५ शैय्याका आधारभुत अस्पतालहरूको निर्माण तथा सञ्चालनलाई तिब्रता दिइएको छ । यसलाई व्यवस्थित गर्न स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ (दोश्रो संशोधन, २०८१० र आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१) जारी गरिएको छ । गत वर्ष ६ अर्ब २२ करोड बजेट निकासा गरिएसँगै ११३ वटा अस्पताल निर्माण सम्पन्न भएका र पहिलो चरणमा ५५ वटा आधारभुत अस्पताल सञ्चालन गर्ने तयारी रहेको बताए । नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब बजेट सुनिश्चित गरिएको बताए ।

उनले भने, ‘नागरिकलाई स्थानीय तहमै गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न ५, १० र १५ शैय्याका आधारभुत अस्पतालहरूको निर्माण तथा सञ्चालनलाई तिब्रता दिइएको छ । यस कार्यलाई व्यवस्थित गर्न “स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ (दोश्रो संशोधन, २०८१० र आधारभुत अस्पताल सञ्चालन मापदण्ड, २०८१) जारी गरिएको छ । स्थानीय तहहरुमा निर्माण तयारीमा रहेका तथा शुरु भएर पनि काम नसकिँदा अलपत्र थिए । यसले नागरिकलाई आफ्नै घरदैलोमा सेवा लिन कठिनाइ देखिएको थियो । यस समस्यालाई हल गर्न हामीले विशेष प्राथमिकताका दिएर गत वर्ष ६ अर्ब २२ करोड बजेट निकासा गरिएसँगै ११३ वटा अस्पताल निर्माण सम्पन्न भएका र पहिलो चरणमा ५५ वटा आधारभूत अस्पताल संचालन गर्ने तयारी रहेको नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब बजेट सुनिश्चित गरिएको छ । यो कदमले सामान्य उपचारका लागि पनि ठूला अस्पताल धाउनुपर्ने नागरिकको बाध्यताको अन्त्य गरी घरदैलोमै स्वास्थ्य सेवा पुग्ने हामीले विश्वास लिएका छौँ । “निरोगी नेपाल” को अवधारणालाई सार्थक बनाउन र नसर्ने रोगहरूको बढ्दो भारलाई न्युनिकरण गर्न हरेक वर्षको फाल्गुण महिनालाई ‘नसर्ने रोग परीक्षण महिना’ का रूपमा मनाउने अभियान शुरु गरिएको छ । यस अभियानलाई व्यवस्थित गर्न ‘समुदायमा नसर्ने रोगहरू पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरेर नयाँ आर्थिक वर्षदेखि यो अभियानलाई राष्ट्रिय कार्यक्रमकै रूपमा सञ्चालन गरी नागरिकहरूमा स्वास्थ्य चेतना अभिवृद्धि तथा परीक्षणको पहुँच विस्तार गर्न आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था गरिएको छ । यसले उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता रोगहरूको समयमै पहिचान र रोकथाममा मद्दत पुर्‍याउनेछ भने नागरिकमा स्वस्थ जीवनयापन शैलीको विकास हुने र क्रमशः राज्यको उपचार खर्चमा कमी आउने विश्वाश लिएका छौँ । पाठेघरको मुखको क्यान्सरबाट नेपाली किशोरीहरूलाई जोगाउन राष्ट्रव्यापी रूपमा ह्युमन प्यापिलोमा भाइरस एचपिभी विरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ । यस अभियान अन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ६२ हजार किशोरीहरुलाई किशोरीहरुलाई निःशुल्क खोप प्रदान गरिएको छ । यो लक्षित वर्गको ८७ प्रतिशत हो । ‘एचपिभी खोप सेवा सञ्चालन निर्देशिका, २०८१’ जारी गरी यस ऐतिहासिक अभियानलाई कानूनी र प्रक्रियागत आधार प्रदान गरिएको छ । भविष्यमा यो कार्यक्रमलाई राष्ट्रिय खोप कार्यक्रमको नियमित हिस्सा बनाई दिगोपना सुनिश्चित गरिनेछ । जसले हजारौं महिलाहरूलाई यो घातक क्यान्सर रोगबाट बचाउन मद्धत पुग्ने छ ।’

पाठेघरको मुखको क्यान्सरबाट नेपाली किशोरीहरूलाई जोगाउन राष्ट्रव्यापी रूपमा ह्युमन प्यापिलोमा भाइरस एचपिभी विरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?