रासायनिक मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन

लोकपथ
35
Shares

काठमाडौं । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रत्येक स्थानीय तहमा मल भण्डारणस्थल निर्माण गर्न र वितरण प्रक्रियामा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिनिधिको निगरानीमा मल वितरणको प्रबन्ध मिलाउन निर्देशन दिएको हो।

बैठकले मलको आयात तथा वितरणमा संलग्न संस्थाहरूको कोटा प्रणालीसमेत पुनरावलोकन गर्न आवश्यक रहेको ठहर गर्दै त्यसतर्फ समेत सरकारको ध्यानाकर्षण गराएको छ।

समितिले समयमा मल नपाएर किसान मारमा पर्नुहुन्न भन्ने उद्देश्यले आपूर्ति प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?