जसपाको केन्द्रीय समिति बैठक आज बस्दै

लोकपथ
91
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज केन्द्रीय कार्यकारिणी समिति बैठक डाकेको छ। पार्टीको प्रचार-प्रसार तथा प्रकाशन विभागका अनुसार बैठक बिहान ११ बजे बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठनात्मक समीक्षा तथा आगामी कार्ययोजना लगायतका विषयमा विस्तृत छलफल हुने कार्यक्रम तय भएको बताइएको छ।

पार्टी नेतृत्वले पछिल्लो राजनीतिक घटनाक्रमलाई मूल्याङ्कन गर्दै भावी रणनीतिका विषयमा निर्णय लिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?